बन्ने भयो सरौंतो, पर्दामा सन्नी र सुमीको जोडी


ब्युटी न्युज नेपाल
काठमाडौं २१ माघ

एक्सन प्रधान नेपाली चलचित्र ‘सरौतो’ निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो फिल्म निर्माण घोषणा गरिएको छ ।

फिल्मको छायांकन माघ २२ बाट सुरु हुनेछ भने यसलाई काठमाडौँ, सिम्रौनगठ लगायतका स्थानमा छायांकन गरिनेछ । एक्सन जनरामा बन्ने फिल्मलाई हरी हुमागाईले निर्देशन गर्नेछन् ।

द्धन्द्ध र बदलाको कथामा निर्माण हुने यो चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, पराक्रम पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामाङलगायतको अभिनय हुनेछ ।

यसका निर्देशक हरि यस अघि छायाँकारको रुपमा परिचित थिए । हरीले केहि विज्ञापन र भिडियो निर्देशन गरिसकेका छन् । उनले भिडियोपछि फिचर फिल्ममा यसैबाट निर्देशनमा हात हालेका हुन् । स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह निर्माताको रुपमा श्री महर्जन रहेका छन् । घोषणा कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्त वीर लामाले शुभकामना दिएका थिए ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन , राजकुमार उप्रेतीको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षत्रीको संगीत रहनेछ । फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।