कथा बोकेर आयो बुलबुलको ज्यादै्र बस्यो दिल


ब्युटी न्युज नेपाल
काठमाडौं १९ माघ

चलचित्र ‘बुलबुल’को ज्याद्रै बस्या दिल…गीतको भिडियो रिलिज गरिएको छ । चलचित्रको कथालाई सारांष रुपमा बोकेर यो गीतको भिडियो आएको हो । यस अघि बुलबुलको गीत खद्रा खात्री मायाँ…को भिडियो रिलिज गरिएको हो । त्यो गीतको भिडियोले चर्चा पाएपछि चलचित्रको दोश्रो गीतको भिडियो ल्याईएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलामा शनिबार बेलुका यो गीतको भिडियो रिलिज गरिएको हो । रजिना रिमालले गाएको यो गीतमा उद्गम परियार र उदयराज पौडेलको संगीत, मनिकला पौडेलको संकलन रहेको छ ।

३ फागुनबाट हलमा आउने यो फिल्म नारी सँघर्षमा केन्द्रित छ । बियोगान्त शैलीको यो गीतको भिडियोमा चलचित्रको मुख्यपात्रको पारिपारिक, सामाजिक, आर्थिक संघर्ष देखाईएको छ । बुलबुलका निर्माता अविरल थापा र कार्यकारी निर्माता रामराजा पौडेल हुन् ।

अवेकन प्रोडक्सनले निर्माण गरेको यो चलचित्र ३ फागुनबाट सिनेमा हलमा रिलिज हुने भएको छ । यो चलचित्रमा स्वस्तिमाले टेम्पो चालक महिलाको भूमिका निर्वाह गरेकी छिन् । गीतमा चलचित्रकी मुख्य पात्र रणकला खत्री (स्वस्तिमा खडका)को संघर्षकथा देखाईएको छ । उनको पेशागत सफलतापछि आएका समस्या भिडियोमा देखाईएको छ । गीतको भिडियोलाई सुसन प्रजापतिले खिचेका हुन् । मनिष सापकोटाले गीतको सम्पादन गरेका छन् ।

कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमाले बुलबुलमा आफुले बिगतका सिनेमा भन्दा फरक भूमिका निभाएको कार्यक्रममा बताईन् । फिल्ममा चोपेन्द्र भुषालको भूमिका निर्वाह गरेका अभिनेता मुकुन भुषालले पनि चलचित्रका केही सम्बाद बोल्दै आफ्नो भूमिकाबारे जानकारी गराए । अर्का अभिनेता जोयस पाण्डेले पनि फिल्म राम्रो बनेको र आफुहरुसबैले मेहनत गरेको बताए । यी दुईले सो कार्यक्रममा अघिल्लो गीत खुद्राखात्रीको टिक टकमा अभिनय र निर्माण गर्नेहरुलाई विभिन्न उपहार पनि प्रदान गरे ।

यो चलचित्रका लेखन निर्देशक बिनोद पौडेल हुन् । आफुलाई यो फिल्ममा आम मानिसको कथालाई उतारेको उनले बताए । यस अघि साँघूरो फिल्म लेखेको बिनोदले बुलबुलबाट निर्देशनमा डेब्यु गर्दैछन् ।