आयो कमलाको मनको पिर बिसाउने…


ब्युटी न्युज नेपाल
काठमाडौं १९ माघ

लोक गायिका कमला किरण बिसीको लोक दोहोरी गित मनको पिर बिसाउने… भिडियो दर्शकमाझ आएको छ । यो गीतमा यी गायिकालाई पुरुष स्वरमा गायक कुमार पुनले साथ दिएका छन् ।

यस गीतमा गायक हुम गैरेको शब्द, जमुना रानाको लय रहेको छ । जसमा धिरज पाल्पालीको एरेन्ज गरेका हुन् ।

यस गीतको भिडियो बाँसुरी साधक रत्न विश्वकर्माको युटुव च्यानल उत्सव मार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियोको दुर्गा पौडेलले छायांकन गरेका हुन् । भिडियोलाई जमुना रानाले निर्देशन गरेकी छन् । यसको म्युजिक भिडियोमा रत्न विश्वकर्मा, बिबिका पोखरेललगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो

https://www.youtube.com/watch?v=d8BGmwaO8oc