रुचाईयो क्याप्टेनको ट्रेलर, २० घन्टामा ७ लाख भ्युज


ब्युटी न्युज नेपाल
काठमाडौं १९ माघ

आगामी १७ फागुनबाट रिलिज हुने चलचित्र ‘क्याप्टेन’को ट्रेलर शुक्रबार दिउँसो काठमाडौंको त्रिपुरेश्वर स्थित सिडिसी सिनेमा हलमा रिलिज गरियो ।

युट्युवमा यो चलचित्रको ट्रेलर ओएसआर डिजिटलबाट रिलिज गरिएको हो । रिलिजको २० घन्टामै ७ लाख भन्दा बढी पटक ट्रेलर हेरिएको छ । २४ घन्टा नपुग्दै यती धेरै पटक हेरिएको यो ट्रेलरले दर्शकको मन जितेको छ । इशान खड्का बनेको अनमोलको संघर्षसँगै राष्ट्रियतालाई प्रस्तुत गरिएको ट्रेलरलाई दर्शकले मन खोलेर प्रसँसा गरेका छन् ।

त्यसैले अनमोलको मेहनत, संघर्ष र राष्ट्रिय भावनाले दर्शकलाई प्रेरित गरेको छ । धेरैले यो फिल्म नेपालकै अहिलेसम्मकै उत्कृष्ट ‘स्पोर्ट जनरा’को फिल्म बन्ने विश्वास लिएका छन् ।

भुवन केसीले निर्माण गरेको क्याप्टेनलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । दीवाकरसँगै सामिप्यराज तिमल्सिनाले लेखेको यो फिल्ममा अभिनेता अनमोल केसीसँगै उपासना सिंह ठुकुरी, प्रियँका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार,सरोज खनाल, राजाराम पौडेल, सूर्यमाला खनालसहितको मुख्य भूमिका छ । फिल्मलाई सुदीप वरालले खिचेका हुन् ।

  ‘क्याप्टेन’को ट्रेलर