प्रदीपकी फ्यान मोडल पुजा


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ

पुजा गौतम पछिल्लो पुस्ताकी मोडल हुन् । र्याम्प शोबाट मोडलिङ यात्रा सुरु गरेकी उनी चलचित्रमा करिअर बनाउन चाहन्छिन् ।

अभिनेता प्रदीप खड्काकी ससक्त फ्यान हुन पुजा । स्थायी घर झापाकी २१ बर्षीया मोडेल पुजा हाल काठमाडौंको जडीबुटीमा बस्छिन् ।

५ फिट ६ इन्च आकर्षक उचाईकी पुजा नृत्यमा पनि त्यत्तिकै पोख्त छिन् । नृत्य र अभिनय आफ्नो रोजाई भएको उनले बताईन् । नायिका रेखा थापाको अभिनय एकदमै मन पर्छ भन्ने यी अभिनेत्रीलाई मायाँ गर्ने र पछि लाग्नेहरु थुप्रै छन् तर पहिला करिअरलाई महत्व दिन्छु भन्छिन उनी ।

मोडलिङसँगै भविष्यमा चलचित्रको एउटा सफल अभिनेत्री बन्ने उनको लक्ष्य रहेको छ ।

प्रस्तुती–जयन सुब्बा मानन्धर

तस्बिर–सैलेन्द्र श्रेष्ठ