यात्राको टिजर, चकलेटी सलिनमानको एक्सन अवतार


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ

चकलेटी नायकको उपमा आएका अभिनेता सलिनमान बनियाँ यसपटक एक्सन अवतारमा देखिने भएका छन् । आगामी २९ चैत नयाँ वर्षको अबसर पारेर रिलिज गरिने भनिएको चलचित्र ‘यात्रा द म्युजिक भ्लग’मा उनी एक्सन अबतारमा छन् ।

फिल्ममो उनलाई ससक्त फाईटमा देख्न पाईन्छ । यो फिल्मको बिहिबार काठमाडौंमा एक समारोहबीच टिजर रिलिज गरिएको छ । सो टिजरमा सलिनको लभसँगै एक्सनको दृष्य पनि ससक्त छ ।

टिजरको दृष्य अनुसार अभिनेता सलिनमान बनियाँ भिडियो खिच्दै यात्रामा निक्लँदा उनले देखेको अपराध र त्यसले निम्त्याएको समस्या टिजरमार्फत देखाईएको छ । जसमा उनले थुप्रै लडाकुसँग फाईट गरेका छन् ।

नयाँ पुस्तामा रुचाईएका अभिनेता सलिनमानले पनि यो फिल्ममा आफु भ्लग सञ्चालकको भूमिकामा रहेको बताएका छन् । प्रेम कथामा आधारित एक्सन प्रधान फिल्म यो बनेको पनि उनले जानकारी गराए ।
यात्रामा सलिनमानसँगै, सलोन बस्नेत, मालिका महत, जाह्न्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षाबज्राचार्य, धिरेन शाक्य, राजारामपौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंगकुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, देशभक्तखनाल, कमल मैनालीसहितको अभिनय छ ।

यो चलचित्रलाई नवोदित निर्देशक सम्राट शाक्यले निर्देशन गरेका हुन् । कथा पनि शाक्यकै हो । फिल्मलाई केशव भट्टराई र सुशीलपोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै निर्माता भट्टराईले अहिलेको पुस्तालाई लक्षित गरेर यो फिल्म बनाएको बताए ।

अग्रज संगीतकार शम्भुजीत बासकोटाकोसँगै प्रतिकपौडेल र कोविदबज्रको संगीत रहनेछ ।यसमा चिजकुमार श्रेष्ठ, बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरेको पनि लगानी छ । निर्देशक शाक्यका अनुसार यसमा संजय लामाको छायाँकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द निर्देशन, बनिश शाहको सम्पादन छ ।