गरे धुमुैुुस सुन्तलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौं १६ माघ

अब सिताराम कट्टेल (धर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले धुर्मुस–सुन्तली फाउन्डेसनबाट चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएका छन् । नेपाल सरकार र भरतपुर महानगरपालिकाको समेत सहकार्यले नेपालीहरुको सहयोगमा यो रँगशाला निर्माणको घोषणा बुधबार काठमाडौंमा एक समारोहबीच गरिएको छ ।

क्रिकेट रँगशला निर्माणको लागि आबस्यक जग्गा छनौट भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मातहतमा बुधबार काठमाडौंमा फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको जग्गाको सम्झौता गरेको छ ।

फाउन्डेन र सो महानगरपालिकाबीच सहकार्यमा दुई वर्षभित्र सक्ने गरी बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा समेत कार्यक्रममा गरिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्माणको लागि बुधबार फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालबीच सो अन्तराष्ट्रिय क्रिकेट रँगसाल निर्माणका लागि जग्गा प्रधानसँगै सहकार्यका लागि सम्झौतामा सहित आसफलमा कागजी रुपमा हस्ताक्षर भएको हो ।

भरतपुर– १६ मा रहेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गा सो प्रतिष्ठानलाई रँगशाला निर्माणका लागि प्रदान गरिएको छ । जग्गा २० विघा ८ कठ्ठा रहेको सिताराम कट्टेलले जानकारी गराए । २५ हजार दर्शक अट्ने यो रँगशालाको लागि तीन अर्व रुपैयाँ लाग्ने पनि सिताराम कट्टेलले बताए ।

क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । चितवनमा बन्ने क्रिकेट रंगशाला कमलको फुलको आकारमा बन्ने छ । रँगशाला निर्माण घोषणा कार्यक्रममै करिब ५ करोड रुपैयाँ उठेको छ ।

काम सुरु भएको दुई वर्षमै रँगशाला निर्माण गरेर सरकारलाई जिम्मा लगाउने पनि फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), विभिन्न मन्त्रीहरुले पनि रँगशाला निर्माणको लागि बुधबार कार्यक्रममा शुभकामना दिए ।