मनाङको माइनस १० डिग्री जाडोमा अर्धनग्न भिमफेदी गाइजको भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं १४ माघ

मनाङको माईनज १० डिग्री चिसोको वेवास्ता गर्दै कट्टुमा अभिनय गरेर भिमफेदी गाईजले नयाँ भिडियो ल्याएका छन् । गो ग्रुपले उत्सव सुब्बा लामाको आवाजमा रहेको रनन रन्किने तोम्बा र छ्याङ… बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीत तामाङ सेलो शैलीमा रहेको छ ।

मनाङको माइनस १० डिग्री चिसो तापक्रममा खिचिएको गीतलाई आफूहरुले निकै मिहेनत गरेकोले दर्शकहरुले मन पराउनुहुने विश्वास रहेको भिमफेदी गाइजका निर्मल लामाले बताए । भिडियोमा मनाङको रमणीय स्थलहरुमा खिचिएको छ । भिडियोमा मनाङ घुम्न गएका युवाहरु छ्याङ खाएर लट्ठ भएपछि सबै सदस्यहरु लुटिएको देखाइएको छ।

भिमफेदी गाइज र निर्जली लामा, पासाङ तामाङ प्रस्तुत भिडियोमा तोम्बा र छ्याङको सेवनले हुने दुर्घटनालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

मिन सागर लामाको शब्द तथा उत्सव सुब्बा लामाको संगीतमा रहेको गीतको सम्पादन तथा छायांकन पवन सुस्लिङले गरेका हुन् भने गीतको कोरियोग्राफी निर्मल लामा स्वयम्ले गरेका हुन्।