विवाह पछि पनि फिल्ममा व्यस्त हुनेछिन वर्षा राउत


ब्युटी न्युज नेपाल
काठमाडौं १४ माघ

२ फागुन (प्रणय दिवस)को दिन अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोईराला दाम्पत्य सम्बन्धमा बाँधिदै छन् । अहिले यी जोडी विवाहको तयारीमा व्यस्त छन् । विवाहपछि वर्षाले फिल्म खेल्ने की नखेल्ने भन्ने धेरै प्रसंसकहरुको जिज्ञासा आएको बेला अभिनेत्री वर्षाले आफु विवाह पछि पनि फिल्ममा निरन्तर आउने बताएकी छिन् । विवाहपछि फिल्मको काममा अझ बढी व्यस्त हुने उनको कथन छ ।

सोमबार साँझ काठमाडौंमा आयोजित चलचित्र गोपीको विशेष प्रदर्शनका क्रममा अभिनेत्री वर्षाले सञ्चारकर्मीसँग कुरा गर्दै विवाह पछि पनि फिल्ममा निरन्तरता दिने बताएकी हुन् ।

फागुनमै छायाँकन सुरु हुने नयाँ चलचित्र डामाडोलमा नायिकाको भूमिकामा अभिनेत्री वर्षा अनुबन्धित भईसकेकी छिन् । उनको यही १८ माघबाट नयाँ चलचित्र गोपी सिनेमा हलमा रिलिज हुँदैछ । त्यसो त वर्षाकै अर्को चलचित्र दाल भात तरकारी पनि आगामी १३ बैशाखबाट प्रदर्शन हुँदैछ ।

विवाहपछि वर्षाले फिल्ममा निरन्तरता नदिने हुन की भन्ने दर्शकको शँकामा उनका भावी श्रीमान तथा अभिनेता संजोगले पनि वर्षाले विवाहपछि झन राम्रो सिनेमा खेल्ने बताएका छन् । आफ्नो परिवार नै फिल्मसँग सम्बन्धित भएकाले वर्षालाई विवाहपछि कोईराला परिवारबाट झनै फिल्मको लागि प्रेरणा मिल्ने संजोगको भनाई छ ।

सँजोगका बुबा शेखर कोईराला एक समयका सफल फिल्म निर्माता हुन् । शेखरले छोरी बुहारी, साथी, एक नम्बरको पाखे, अप्सरा, गौथली सहित थुप्रै चलचित्र निर्माण गरिसकेका छन् ।