८ चैत्रबाट ‘कप्स’


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ माघ

 चलचित्र ‘कप्स’ ८ चैत्र बाट प्रदर्शनमा आउने भएको छ । सम्राट सापकोटाको निर्देशनमा बनेको चलचित्रमा अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री , पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु बिक्रम थापा, अनुपमा भण्डारी, रोशन सुबेदी लगायतले अभिनय गरेका छन्  ।

चलचित्र कप्समा सुशान्त प्रजापतिको छायांकन,अष्ट महर्जनको द्धन्द्ध निर्देशन , कविराज गहतराज र शिशिर खातीको नृत्य निर्देशन, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत रहेको छ । वितरकको जिम्मा भने उपत्यका भित्र गोपालकाजी कायस्थ र उपत्यका बाहिर मनोज राठी र बिक्रम पराजुलीले लिएका छन् । चलचित्र को एउटा गित भने युरोप को साइप्रसमा छायांकन गरिएको थियो । आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को निर्माणमा बनेको चलचित्रमा प्रस्तुतकर्ता राम शाक्य रहेका छन ।