जोकर जादुगर–२को हँसाउने ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ माघ

हास्यब्याँग्य प्रधान चलचित्र ‘जोकर जादुगर २’ को ३ फागुनबाट देशब्यापी रिलिजको घोषणा सहित ट्रेलर सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलर हास्यपूर्ण छ । ट्रेलरमा कलाकर महादेव त्रिपाठी कसरी जोकर बन्नु पर्यो भन्ने बिशेष कथालाई पनि प्रस्तुत गरिएको छ । चलचित्रको केही दिन पहिला सार्वजनिक गीतले दर्शकरस्रोताको मन जितिरहेको बेला निर्माण युनिटले चलचित्रकको ट्रेलर सार्वजनिक गरको हो ।

यस चलचित्रमा अभिनेता महादेव त्रिपाठीको निर्देशन तथा अभिनय रहेको छ भने विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ , केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त रुपमा निर्माण रेहको छ ।

रिच ईन्टरटेर्मेण्ट अर्थात् करण श्रेष्ठ क्रेजीले वितरण गर्ने यस चलचित्रमा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल (जोगेन्द्र), अन्जु थापा, विश्वका होचो कलाकार दिपेन शाह, बालकलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, मेरी बास्यैकी अप्सरा लक्ष्मी श्रेष्ठलगायतको अभिनय छ ।

चलचित्र नेपाली समाजको यथार्थपरक घटनालाई हास्य तवरवाट निर्माण गरिएको निर्देशक त्रिपाठीले बताए । चलचित्रमा मधुर वस्नेतको छायांकन, बिशेष पन्तको लेखन, तारा थापा किम्बेले सम्पादन, सुगम पोखरेल, टंक बुढाथोकी, कमल खत्री, धु्रब्र बिश्कोको गीत सङ्गीत, स्रमाट बस्नेतको द्वन्द्व निर्देशन, शिव वि.क, दीपक मदन सिंह, सोम लामाको कोरियोग्राफी छ ।