१०० कडा १० लाई युनिभर्सल, थाईल्यान्डमा प्रिमियर


ब्युटी न्युज नेपाल
काठमाडौं १२ माघ

भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘१०० कडा १०’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रिय चलचित्र जाँच पास समितिले यो चलचित्रलाई सबैले हेर्न मिल्ने युनिभर्सल (यु) सर्टिफिकेट दिएको हो ।

१८ माघबाट मुलुकका सिनेमा हलमा १०० कडा १० प्रदर्शन हुने छ । यो चलचित्रको थाईल्यान्डमा प्रिमियर गरिएको छ । थाईल्यान्डको प्रिमियरमा १०० कडा १० ले दर्शकको न्यानो मायाँ पाएको यसका निर्देशक रामशरण पाठकाले जानकारी गराएका छन् । निर्देशक पाठकका अनुसार दर्शकलाई यसको सन्देशले आकर्षक गरेको छ ।

हाँस्यब्याँग्य अभिनेता गजुरेलको यो डेब्यु फिल्म हो । उनीसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय १०० कडा १० मा छ ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । निर्माणका लागि दर्शन नेपालले डीआर म्युजिक एन्ड ट्रेडिङसँग सहकार्य गरेको छ ।