चलचित्र पत्रकार संघले बहिष्कार गरेपछि माफी


ब्युटी न्युज नेपाल
काठमाडौं, १० माघ

काठमाडौंको क्युज सिनेमा हलमा पत्रकार चलचित्र ‘शुभ लभ’को गीत रिलिजको क्रममा पत्रकार समीर बलामीमाथि हलका कर्मचारीले हातपात गरेपछि चलचित्र पत्रकार संघ नेपालले त्यसको भत्र्सना गर्दैै प्रेस विज्ञप्ति जारी गर्यो ।

संघका महासचिब अनिल यादवले एक विज्ञप्ति जारी गर्दै शुभ लभ निर्माण पक्ष र क्युज सिनेमा हलको ब्यबस्थापन पक्षले माफी नमागेसम्म यी दुबै पक्षको समाचार सम्प्रेषण नगर्ने जनाएका थिए ।

लगत्तै चलचित्र शुभ लभका निर्माता प्रदीप कुमार उदयले विज्ञप्ति जारी गर्दै सो घटनाप्रति माफी मागेका छन् । उनले सो घटना प्रति दुःख व्यक्त गर्दै हलका कर्मचारीबाट भएको दुब्र्यवहारले आफुहरु दुःखी भएको बताएका छन् ।

यता क्युज सिनेमा हलका ब्यबस्थापक राकेश श्रेष्ठले पनि प्रेस विज्ञप्ति जारी गर्दै सो घटना प्रति माफी मागेका छन् । पत्रकारमाथि हातपात गर्ने कर्मचारीलाई कामबाट निकालेको पनि उनले विज्ञप्तिमार्फत जनाएका छन् । यसरी चलचित्र पत्रकार संघले सो घटनाप्रति खेद व्यक्त गरेपछि दुबै पक्षले माफी मागेका छन् ।