छायाँकनमा आयुष्मान र शिल्पाको सानो मन 


ब्युटी न्युज नेपाल 

काठमाडौं ११ माघ 

केही दिन अगाडि राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्म  ‘सानो मन’ को बिहीवार काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको छ ।

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिड अभिनय रहने छ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ ।

मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्ममा हङकङ निवासी सुयोग गुरुङको एक्सन कट रहनेछ ।

म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निभाउनेछन् । समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ ।

फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओपिजी फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । आलोक शुक्लाले फिल्म खिच्नेछन् । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका पर्सनल ट्रेनर हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ । निर्देशक गुरुङ सानो मनलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् ।