मेरोलागि रणवीर डेब्यु – सुशिल सिटौला


ब्युटी न्युज नेपाल
काठमाडौं १० माघ

मोफसल यात्रामा रहेको चलचित्र ‘रणवीर’ युनिटले बुटवलमा पत्रकार सम्मेलन सम्पन्न गर्दै बिहिबार काठमाडौं फर्किएको छ । १८ माघबाट सिनेमा हलमा आउने यो फिल्मको प्रचारमा यतीबेला कलाकारहरु व्यस्त छन् । मोफसलबाट काठमाडौं आएपछि उनीहरु बिहिबारबाट राजधानी केन्द्रित भएका छन् ।

यसै क्रममा बुधबार बुटबलको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका रणवीर अर्थात् सुशिल सिटौलाले आफ्नो डेब्यु रणवीर भएको बताएका छन् । उनले अघिल्ला फिल्मले चिनाएको र यसले स्थापित हुने विश्वास व्यक्त गरे,‘रणवीर बन्न सहज थिएन त्यसैले मेरो लागि डेब्यु रणवीर हो, यस अर्थमा कि यसमा दर्शक नयाँ सुशीलले देख्नु हुनेछ ।’ सुशिलले बुटवलको सञ्चारकर्मीसँग सम्बोधन गर्दै भने,‘फिल्ममा मेरो भूमिका धनगढीको एक युवाको छ जसको जीवनमा आउने आरोह अवरोहनै रणवीर हो ।’ उनले रणवीर बन्नकै निमित १५ किलो वजन बढाएका थिए भने फाइट पनि सिकेका थिए ।

‘फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिन्छ ।’ सुशिलले भने,‘एउटा राम्रो टीमले तयार गरेको हो रणवीर ।’ उनले फिल्मका निर्माताद्वय दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापा तथा निर्देशक तथा लेखक गोविन्द सिंह भण्डारीले कहिँ कतै सम्झौता नगरी फिल्म तयार गरेको बताए । सुशिलले रणवीर बनाउने गरेको मेहनत र विश्वास प्रति आभारी रहेको समेत बताए ।

साउथ इण्डियन केहि फिल्ममा एसिस्टेन्टको रुपमा काम गरिसकेका निर्देशक भण्डारी, सन् २०१२ कि मिस नेपाल इन्टरनेशनल शुभेच्क्षा खड्का र सुपुष्पा भट्टले यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन् ।

फिल्ममा प्रशान्त ताम्राकार ,टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतको पनि अभिनय रहेको छ । यस अघि गाजा बाजा जस्तो चलचित्र बनाईसकेका दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले रणवीर निर्माण गरेका हुन् ।

‘म फिल्ममा आउँन नचाहेको होइन तर मलाइ मन पर्ने स्क्रिप्ट र टिम नपाएकी हु’ शुभेच्क्षाले भनिन्,‘फिल्मले दर्शकलाइ निराश बनाउदैन अनि मेकिङ पनि एक स्टेप माथि छ ।’ अर्की डेब्यु गर्ल सुपुष्पा भट्ट पनि निकै आशावादी छिन,‘डेब्युमै राम्रो टिम पाए, मलाई नयाँ भएको महसुस नै भएन ।’ सुपुष्पाले सो कार्यक्रममा भनिन्,‘डेब्यु फिल्म मार्फतनै दर्शकको मन जित्ने किसीमको काम गरेकी छु जस्तो लाग्छ, आश छ दर्शकले रुचाउनु हुन्छ ।’

फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।