यस्तो छ यात्राको फस्ट लुक्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १० माघ

आगामी नयाँ वर्षको अबसर पारेर २९ चैतबाट रिलिज हुने चलचित्र ‘यात्रा अ म्युजिकल ब्लग’ को (फस्ट लुक्स) पोष्टर सार्वजनिक गरिएको छ ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको यो चलचित्रको तीन ओटा पोष्टर बिहिबार सार्वजनिक गरेको हो । जसमा उदयमान अभिनेता सलिन मान बनियाँ र मालिका महतको प्रेम र मित्रता साथै फिल्मका सम्पूर्ण कलाकारको चरित्रलाई उतारिएको छ ।

निर्माण पक्षका अनुसार यो चलचित्रमा सलिनमान ब्ल्गस्टको भूमिकामा छन् । यात्राको क्रममा आउने घटनाक्रमलाई उनले फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहनेछ ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशिल पोखरेलले संयुक्त निर्माण गरेका हुन् । चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सह निर्माता रहेका छन् । फिल्मका कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

यसमा संजय लामाको छायाँकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द निर्देशन, बनिश शाहको सम्पादन, अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटासँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत छ ।