द ब्रेक अपमा चुम्बनको वर्षा


ब्युटी न्युज नेपाल
काठमाडौं ८ माघ

आगामी १७ फागुनबाट रिलिज हुने चलचित्र द ब्रेक अपको ट्रेलर रिलिज गरिएको छ । चुम्बनले भरिएको यो ट्रेलरले चुम्बनकै कारण अहिले चर्चा पाएको छ ।

ट्रेलरमा अभिनेत्री शिल्पा लड्ने क्रममा अभिनेता आशिरमान देशराज जोशीले अडेस दिँदा उनको स्तन समातिएको दृष्यले अहिले मिडियोमा चर्चा पाएको छ । यो दृष्यलाई कतीपय मिडियाले नेपाली चलचित्र एटिएमको भद्ध दृष्यलाई नक्कल गरेको आरोप लगाएका छन् ।

यसै विषयमा पत्रकार भेटघाटका क्रममा द ब्रेक अपका निर्देशक हेमराज बिसीले आफुले नेपाली फिल्म एटिएम नहेरेको र कपी नै गर्नु छ भने हलिउडका सिनेमाबाट कपी गर्ने जवाफ दिए । त्यो दृष्यलाई उनले एउटा संयोगको रुपमा प्रस्ट्याए ।
चलचित्रको ट्रेलर अनुसार एउटा प्रेम सम्बन्ध टुटेपछि नेपालबाट अष्ट्रेलिया पुगेका आशिरमानको अष्ट्रेलिया बस्दै गरेकी शिल्पा मास्केसँग प्रेमसम्बन्ध बस्छ । त्यसपछि उनीहरुको प्रेमको आरोह अवरोह ट्रेलरमा समेटिएको छ ।

द ब्रेक अपमा इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाललगायतको पनि मुख्य भूमिका छ । सिनेमाको स्कृप्ट पनि हेमराजले नै तयार गरेका हुन् । द ब्रेक अपलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र हेमराजले र्निाण गरेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन, नरेन्द्र मैनालीको छायाँकन, बुद्धिलाल मगरको निर्माण व्यबस्थापन यसमा रहेको छ ।