प्रियँकाले पहिलो सन्तानमा छोरी नै जन्माउने


ब्युटी न्युज नेपाल
काठमाडौं ८ माघ

अभिनेत्री प्रियँका कार्कीले पहिलो सन्तानको रुपमा आफुले छोरी नै जन्माउने घोषणा गरेकी छिन् । उनले सोमबार काठमाडौंमा आफ्नो नयाँ सामाजिक संस्था आयँका फाउन्डेसनको उद्घाटन समारोहमा यस्तो जिकिर गरेकी हुन् ।

आफुलाई छोरी साह्रै मन पर्ने र पहिलो सन्तानको रुपमा छोरी नै जन्माउने दावी गरेकी छिन् । आगामी असारमा अभिनेता आयुष्मान देशराज जोशीसँग उनी विवाह गर्दैछिन् ।

विवाह अघि नै यी जोडीले आफ्नो सन्तानको नाम पनि जुराएका छन् । प्रियँकाले पत्रकार भेटघाटका क्रममा आफ्नो संस्थानको नाम आयँका राखेको र विवाह पछि छोरी नै हुने र छोरीको नाम पनि आयँका नै राख्ने बताएकी छिन् । छोरी निकै सम्बेदनशिल हुने, छोरीहरु नेपालमा पीडित हुने भएकाले आफुले साहसी छोरी जन्माउने पनि उनले जिकिर गरेकी छिन् ।

प्रियँकाको भनाईलाई अभिनेता आयुष्मान देशराज जोशीले पनि स्विकारेका छन् । आफुलाई पनि छोरी मन पर्ने आयुष्मानको भनाई छ ।