यसकारण रवी र निकिताले  गरे कानूनी विवाह


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ माघ

न्युज २४ टिभीका सञ्चारकर्मी रवी लामिछोन र चलचित्र विकाश वोर्डकी अध्यक्ष निकिता पौडेल दाम्पत्य जीवनमा बाँधिएका छन् । यी दुईले सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतमा आफुहरुको विवाह कानूनी रुपमा दर्ता गराएका छन् । अब आगामी बैशाखमा यो विवाहलाई रिजी रिवाज अनुसार सम्पन्न गर्ने सञ्चारकर्मी लामिछानेले फेसवुक मार्फत खुलाएका छन् । यी दुबैले आफुहरुको दाम्पत्य सम्बन्ध सफल होस भन्ने आशिर्वाद सबैसँग मागेका छन् ।

फेसुवकबाट विवाहको खुलासा
आफुहरुको कानूनी विवाहको वारेमा रवी लामिछाने र निकिता पौडेलले सोमबार साँझ फेसवुक मार्फत खुलासा गरेका हुन् ।सञ्चारकर्मी लामिछानेले यो विवाहको वारेमा फेसबुक मार्फत जानकारी गराएपछि बोर्ड अध्यक्ष पौडेलले पनि आफु र रवी लामिछाने दाम्पत्य जीवनमा बाँधिएको कुरा फेसबुक मार्फत नै खुलाईन् । रवीकी पूर्व पत्नी इशा लामिछानेले निकिता पौडेल र रवी लामिछानेबीच विवाहको लागि इँगेजमेन्ट भएको ठोकुवा गत साता गर्दा निकिताले सो कुराको अश्विकार गरेकी थिईन् । तर त्यो अश्विकार दुई साता पनि टिक्न सकेन ।

दवावमा कानुनी विवाह

निकिता पौडेल र रवी लामिछानेको प्रेम सम्बन्धसँगै इँगेजमेन्टबारे इशा लामिछानेले खुलासा गरेपछि यसले सञ्चार माध्यममा यो समाचारले निकै स्थान पायो । सो क्रममा रवी र इशावीच आफुहरुको पूर्वदाम्पत्य जीवनको अरोह अवारोहबारे जुवारी नै चल्यो । चलचित्र विकास बोर्डको अध्यक्ष पद धरापमा परिरहेको वेला रवी लामिछाने र आफ्नो प्रेम सम्बन्धवारे खुलासाहुँदा निकितालाई निकै दवाव परेको थियो । अत बैशाखमा विवाहको तयारी गरिरहेका रवी र निकिताले अन्तत स्वस्थानी पूर्णिमाको राम्रो साईत छानेर सोमबार नै अदालती रुपमा विवाह गरेका हुन् ।

यसरी बढ्यो प्रेम
चलचित्र निर्माता, हल सञ्चालक उद्धव पौडेल र उनकी छोरी निकिता पौडेललाई अढाई दशक अघि नै फिल्मी पत्रकारिता गर्ने क्रममा रवी लामिछानेले चिनेका थिए । तर पछिल्लो समय काठमाडौंको मित्रपार्क स्थित अम्बे अपार्टमेन्टमा वस्दै आएका रवी र निकिताको निकटता यही अपार्टमेन्टबाट भएको हो । दुवै सम्बन्ध विच्छेदबाट एक्लो भएकाले पनि एउटै अपार्टमेन्टमा निरन्तरहुने भेटबाट उनीहरुको मित्रता बढेको हो । त्यसैले सो मित्रता प्रेममा परिणत भयो । अन्तत यी दुई दम्पत्य सम्बन्धमा बाँधिएका हुन् ।

दुबैको दोश्रो विवाह

रवी लामिछाने र निकिता पौडेल दुबैको यो दोस्रो विवाह हो । यस अघि दुवैको दाम्पत्य सम्बन्ध टुटेको थियो । अढाई दशक अघि इशा लामिछानेसँग विवाह गरेर दुई छोरीका पिता भएका रवीको इशासँग केही समय अघि सम्बन्ध विच्छेद भएको हो । करिव १२ वर्ष अघि अभय शाहसँग दाम्पत्य जीवनमा बाँधिएकी निकिता पौडेलको पनि वैवाहिकसम्बन्ध आधा दशक भन्दा बढी समय सुमधुरसँग अघि बढेन् । त्यसैले अभय र निकिताले दाम्पत्य सम्बन्ध कानुनी रुपमा टुँग्याए । अभयतिर निकिताको एक छोरी छिन् । यसरी एक पटक दाम्पत्य सम्बन्ध टुटेका यी दुई फेरी आपसमा दाम्पत्य सम्बन्धमा जोडिएका छन् । यो दम्पत्य सम्बन्धकालागि दुबैले सफलताको आशिर्वाद मागेका छन् । तसर्थ ब्युटी न्युज नेपाल यो दाम्पत्य जीवनको सफलताको कामना गर्दछ ।

प्रस्तुती ः सरिता भारती