१२ विधामा सोसियल मिडिया फिल्म अवार्डको मनोनयन


ब्युटी न्युज नेपाल
काठमाडौं ६ माघ

ड्रिम वल्र्ड फिल्म मेकर्स प्रालिले यही २७ माघमा ‘सोसियल मिडिया फिल्म अवार्ड–२०१८’ गर्ने भएको छ । आईतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो बारे जानकारी गराईयो ।

आयोजक संस्थाकी अध्यक्ष सवनम मुखियाका अनुसार यो अवार्ड विभिन्न १२ विधामा प्रदान गरिने भएको छ । ती १२ विधाकै उत्कृष्ट पाँचको मनोनयन सुची पनि पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको छ ।

सो अवार्डका लागि प्राप्त सर्ट फिल्म, बृत्तचित्र, न्युज भिडियो, फेसबुक भिडियो र युट्युव भिडियोबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको अध्यक्ष मुखियाले जानकारी गराएकी छिन् ।

कार्यक्रम संयोजक रविन आचार्यका अनुसार अवार्डका लागि यी विधाका ७५ ओटा भिडियो प्राप्त भएको थियो । सम्पादक करुण थापा, सञ्चारकर्मी केपी ढुँगाना र सिनेकर्मी एवम् सञ्चारकर्मी संगीता श्रेष्ठको निर्णायक टिमले ७५ ओटा भिडियो हेरेर उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।

पत्रकार भेटघाट कार्यक्रममा मनोनयन सार्वजनिक गरियो । जस मध्य सर्ट फिल्ममा ६ ओटा विधाको मनोनयन सार्वजनिक गरिएको छ । यसमा उत्कृष्ट सर्ट फिल्म, उत्कृट सर्ट फिल्म निर्देशक, उत्कृष्ट सर्ट फिल्म सम्पादक, उत्कृष्ट सर्ट फिल्म छायाँकार, उत्कृष्ट सर्ट फिल्म ध्वनी, उत्कृष्ट सर्ट फिल्म अभिनेता र उत्कृष्ट सर्ट फिल्म अभिनेत्री रहेका छन् ।

यस्तै कार्यक्रममा अन्य ६ विधामा उत्कृष्ट ट्रोल, उत्कृष्ट न्युज भिडियो, उत्कृष्ट फेसबुक भिडियो, उत्कृष्ट युट्युव भिडियो र उत्कृष्ट बृत्तचित्रको पनि मनोनयन सुची सार्वजनिक गरिएको छ ।

कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष केशव भट्टराईले सामाजिक सञ्जालमा आउने यस्ता भिडियोहरु पनि उत्कृष्ट र सन्देशमुलक हुनुपर्छ भन्नेबारे यो अवार्डले प्रोत्साहन गर्ने बताए ।

चलचित्र विकाश बोर्डका सदस्य दयाराम दाहालले एउटा नयाँ अवधारणामा सवनम मुखियाले अवार्ड गर्न लागेकाले बोर्डका तर्फबाट आफुहरुले सघाउने बताए ।

जुरीका सदस्य एवम् सञ्चारकर्मी केपी ढुँगानाले निकै उत्कृष्ट भिडियोहरु अवार्डका लागि प्राप्त भएको र त्यसबाट आफुहरुले अझ राम्रा छानेर मनोनयन सार्वजनिक गरेको हो भने ।

आयोजक संस्थाकी अध्यक्ष सवनम मुखियाले सामाजिक सञ्जालमा आउने गरेको फिल्म तथा भिडियोहरुको प्रवर्धनका लागि सोसियल मिडिया फिल्म अवार्ड गर्न लागेको बताईन् ।

उत्कृष्ट पाँचको मनोनयन सुची

Best Documentry
1 Mass Choreography
2 7.8 Magnitute
3 Jogi
4 Sambriddhi
5 Mission Everest
Best Short Film
1 Alikhit
2 Punte ko Pangro
3 Samaya ra Sapana
4 The Artistic Artist
5 Bokaharu: The Chronicles of social awaresess
6 Cyber Cry
Best Director of Short Film
1 Punte ko Pangro Sachin Ghimire
2 The Artistic Artist Jason Lopchan
3 Bokaharu: The Chronicles of social awaresess Anish Jung Thapa
4 Cyber Cry Dev Kumar Shrestha
5 Alikhit Aniruddha Duwadi
6 The grate Dad Alexander Sunny Jaiswal
Best Editor of Short Film
1 Punte ko Pangro Mukesh Chaudhary / Yog Raj Khanal
2 The Artistic Artist Jason Lopchan
3 Bokaharu: The Chronicles of social awaresess Nima Shrestha
4 Alikhit Aniruddha Duwadi
5 The grate Dad Alexander Sunny Jaiswal
Best Cinematographer of Short Film
1 Punte ko Pangro Gautam Dhimal
2 The Artistic Artist Bikal Thapa
3 Bokaharu: The Chronicles of social awaresess Nimesh Shrestha
4 Pakhuri Nakul Sunuwar
5 Samaya ra sapana Binod KC
Best Sound of Short Film
1 Punte ko Pangro Binaya Adhikari
2 The Artistic Artist Birjesh Rai/Sudip Shrestha
3 Bokaharu: The Chronicles of social awaresess Nimesh Shrestha
4 Alikhit Ashis Bhandari
5 Samaya ra sapana Devendra Newa
Best Actor of Short Film
1 Punte ko Pangro Sumeet Desar
2 The Artistic Artist Prabesh MC
3 Bokaharu: The Chronicles of social awaresess Anish Jung Thapa
4 Samaya ra sapana Milan Mishra
5 Alikhit Shyam Sundar Dhital
Best Actress of Short Film
1 Punte ko Pangro Sonika Ghimire
2 Laachar Smriti Neupane
3 The Last Letter Sajana Thapa
4 Cyber Cry Deeya Maskey
5 Alikhit Anjasha Rijal
Top 5 Best Trol
1 Troll Footall
2 Troll Footall
3 Troll Footall
4 Troll Footall
5 Troll Talk
Top 5 News Vidio
1 Asbin Thakuri
2 Santoshi Adhikari
3 Santoshi Adhikari
4 Sachita Budhathoki
5 Ashok Pahadi
Top 5 Facebook Vidio
1 Nimesh Shrestha (Guu Kanda)
2 Raj Kumar Darji
3 Upendra Joshi
4 Some glimpse of Nepal
5 Deep Kumar Mishra
youtube vidio
1 Voice of Middle Class
2 Dashain Nepali Indian Serial
3 What if Dashain were a person
4 Teej gone wrong
5 Ma garna sakchu