ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

भद्रकला आङबुहाङ राईले आफ्नो दोस्रो एल्बम “ माया” एउटा भव्य समारोह बिच काठमाडौमा बिमोचन गराएकी छिन् । भद्रकलाको दोस्रो एल्बम “माया” मा कुल ११ गीत समावेश छन् ।

संगीतकार शम्भुजित बासकोटाको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा अतिथीको रुपमा गीतकार डा कृष्णहरि बराल , गीतकार उन्नती बोहरा शिला , संगीतकारद्वय राजु सिंह र लक्ष्मण शेष उपस्थित थिए । यता विमोचन हुदै गर्दा सोहि दिन उनले हंगकंगमा आफ्नो एकल रचनाहरुको गायन साँझ पनि सम्पन्न गरेकी छिन  ।

सुरेश अधिकारी , राजिब शाह, बसन्त सापकोटा र बादल लिम्बुको संगीतमा तयार भएको यो अल्बममा राजेश पायल राई , अन्जु पन्त , स्वरुपराज आचार्य,प्रमोद खरेल ,दीपक लिम्बु,रजिना रिमाल , प्रविशा अधिकारी र निकिता थापाको स्वर छ । समारोहमा गीतकार भद्रकलाको गीतिकारीता र समाजसेवाप्रतिको लगाबको राम्रो तारिफ भएको थियो ।

केहि गीतमा संगीतकार बादलकै स्वर  छ । बादलले आफुलाई संगीतमा जस्तै गायनमा पनि अब्बल साबित गरेका छन् । उता हङकङमा भद्रकलालाई एकल गायनमा राजेश पायल राई , बादल लिम्बु , प्रविशा अधिकारीले साथ दिए । १ दर्जन गीतहरु उनीहरुले प्रस्तुत गरेका थिए । भद्रकलाकै गीतमा नायिका मरिष्का पोखरेलले नृत्य पनि गरेकी थिइन् । असाहाय अशक्त बिरामीको सहयोगार्थ सम्पन्न सो  कार्यक्रमबाट उठेको पैसाले भद्रकलाले  समाजिक कार्यलाई निरन्तरता दिने बताएकी छिन् ।