प्रेमलीला ट्रेलरमा त्रिकोणात्मक प्रेम वियोग


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

आगामी १० फागुनबाट प्रदर्शनमा ल्याउन लागिएको चलचित्र ’प्रेमलीला’को बिहिबार काठमाडौंमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ ।

प्रेमकथामा आधारित यो चलचित्रको ट्रेलरमा प्रेम (अली) र लिला (दिपशिखा)को प्रेम कथा समेटिएको छ । अन्तर्देशीय प्रेमकथा यो सिनेमाको ट्रेलरमा देखिन्छ । जसमा दिपशिखा खड्काले नेपाली र अली खानले भारतीय नागरिकको भूमिका निर्वाह गरेका छन् ।

उनीहरु बिचको प्रेमसम्बन्ध मिलन बिछोडको कथा ट्रेलरले बोकेको छ । यसमा अभिनेत्री दीपशिलाले खानसँगै अर्का अभिनेता मौसम खड्कासँग त्रिकोणात्मक भूमिकामा निर्वाह गर्दा प्रेममा फाटो आएको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

यो फिल्मको निर्माता समेत आफु भएको अभिनेत्री खड्काले कार्यक्रममा खुलासा गरिन्छ । उनीसँगै यो चलचित्रमा अली, मौसम खडका, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकरदेब शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवसहितको अभिनय छ ।

पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको प्रेमलिलामा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर छ । चलचित्रको गीत डा. कृष्णहरी बराल र डा. सागरले लेखेका हुन् । यो फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेको हो ।