ब्युटी न्युज नेपाल
काठमाडौं ३ माघ

ब्यबसायी तथा प्रदेश ४ का प्रदेश सभा सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) फेरी चलचित्र निर्माणमा आएका छन् । उनले आधा दशक अघि सुरज सुब्बाको निर्देशनमा चलचित्र वान वे निर्माण गरेका थिए । यिनै मनाङ्गेले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।

चलचित्र तिमि सँगका निर्देशक शिशिर राणालाई उनले आफ्नो फिल्मको निर्देशकमा लिएका छन् । बुधबार मनाङ्गेसहित अन्य निर्माताले निर्देशकको रुपमा शिशिरलाई फिल्म साइन गराएका हुन् । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन । यसको कार्यकारी निर्मातामा रघु परियार र किरण नेपाली छन् ।

लाकार चयन नभएको यो फिल्मले विवाह पछिको दम्पतिको प्रेमकथा प्रस्तुत गर्ने निर्देशक राणाले बताए । निर्देशक राणाको अनुसार यसको गीत रेकर्ड भईसकेको छ र कलाकारको चयन जारी छ । चैतको अन्तिम साताबाट आफु यसको छायाँकनमा जाने पनि उनले बताए ।