ब्युटिसियन सोनीको २५ औं बैवाहिक वार्षिकोत्सब


ब्युटी न्युज नेपाल
काठमाडौं १ माघ

बरिष्ट व्युटिसियन तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी कारञ्जित र उनका श्रीमान पदम कारञ्जितले आफ्नो वैवाहिक सम्बन्धको २५ औं वार्षिक उत्सब मनाएका छन् ।

सोमबारसाँझ काठमाडौंको कालीमाटी स्थित कालीमाटी पार्टी प्यालेसमा एक भब्य समारोह आयोजना गर्दै वैवाहिक सम्बन्धको २५ औं वार्षिक उत्सब मनाईएको हो ।

सो समारोहमा विभिन्न पार्टीका राजनीतिज्ञ, कलाकार, ब्युटिसियनहरु, कस्मेटिक ब्यबसायीलगातय करिब पाँच सय जनाको उपस्थित थियो ।

समारोहमा उपस्थित सबैले बरिष्ट ब्युटिसियन सोनी कारञ्जित र उनका श्रीमान पदम कारञ्जितलाई विवाहको २५ औं वार्षिक उत्सबको बधाईसँगै सफलताको शुभकामना व्यक्त गरे ।

सोही अवसरमा यी दम्पत्तिको दाम्पत्य जीवनमा आधारित ३६ मिनटको बृत्तचित्र प्रदर्शन गरिएको थियो । बृत्तचित्रमा कारञ्जित दम्पत्तीको विवाहदेखि अहिलेसम्मको दाम्पत्य जीवन झल्कने विभिन्न तस्बिर र भिडियो समेटिएको थियो ।

सो कार्यक्रममा सहभागी सबैलाई सोनी र पदमले हार्दिक धन्यबाद ज्ञापन गर्दै समारोहमा सहभागी भएर हौसला बढाएकोमा आभार प्रकट गरे । कार्यक्रमको अन्त्यमा डिजेपार्टीसँगै सबैजना नाचेर रमाईलो गरेका थिए ।