ओजस्वी र पुस्कर टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल


ब्युटी न्युज नेपाल
काठमाडौं १ माघ

प्रदेश नम्बर ३ स्तरिय ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि ओजस्वी श्रेष्ठ तथा पुस्कर अधिकारीले जितेका छन् । प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा अंकिता थापा तथा कोमल कुव“रले फस्ट रनर्स अप तथा रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेण्ड रनर्स अपको उपाधि जितेका छन् ।

उक्त प्रतियोगितामा १८ जना प्रतियोगिले सहभागिता जनाएका थिए । प्रतियोगिताका मुख्य विजेताले यही वर्षको अप्रिल महिनामा सम्पन्न हुने राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा सोनम शेर्पाले पब्लिक च्वाइस एवार्ड जित्न सफल भए । प्रतियोगिताको निर्णायकमा नेपाल पर्यटन बोर्डका सुमन शर्मा, फेसन डिजाइनर समीर सिंह मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ का विजेता वर्षा शर्मा तथा प्याराडक्स सिटीका सिईओ सगोल घले गुरुङ थिए ।