बुलबुल ट्रेलरमा स्वस्तिमाको प्रेम वियोग


ब्युटी न्युज नेपाल
काठमाडौं, १ माघ

चलचित्र ‘बुलबुल’ले माघे सङक्रान्तीको अवसर पारेर मंगलबार ट्रेलर सार्वजनिक गरेको छ । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर लाग्दैछ ।

ट्रेलरले स्वस्तिमा खड्काको चरित्र मार्फत फिल्मको कथा भन्ने प्रयास गरेको छ । सार्वजनिक ट्रेलरमा स्वस्तिमा खड्कासँगै नव अभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवालाई स्थान दिईएको छ । टेम्पो चालक बनेकी स्वस्तिमा (रनकला)को जीवनका आरोह अबरोहलाई टे«लरमा स्थान दिईएको छ । जसमा उनको टोम्पो चलक यात्रा र प्रेम वियोग समेटिएको छ ।

यो चलचित्रलाई निर्देशन विनोद पौडेलले गरेका हुन् । ट्रेलरमार्फत आफूले चलचित्रको बनौट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको बिनोदले बताए,‘फिल्ममा हामीले मास र आर्ट दुवैलाई समेट्ने प्रयास गरेका छौं । ट्रेलर पनि यही बीचको बिन्दुमा बसेर आएको छ ’ पौडेलले भने, ‘नेपालमा भिज्युवल ल्यांग्वेज परख गर्ने दर्शकको जमात बाक्लो छैन । तर, गर्नेलाई पनि ट्रेलरमा केही खुराक दिने प्रयास गरेका छौं । यो चलचित्र जति रमाइलो छ उत्तिकै गम्भीर पनि । ’

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । यो फिल्मलाई अविरल थापाले निर्माण गरेका हुन् ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् ।