ब्याचलर बन्टीको पैसा फिर्ता गरे अनमोलले


ब्युटी न्युज नेपाल
काठमाडौं ३० पुष

आगामी बैशाखमा सुटिङ सुरु भएर भदौको रिलिज गर्ने भनिएको चलचित्र ‘ब्याचलर बन्टी’ अन्तत अनामोल केसी नहुने भएपछि तत्काल छायाँकन नहुने भएको छ ।

निर्माता सुदीप खड्का, निर्देशक मिलन चाम्स, अभिनेता अनमोल केसी र अनमोलका बुबा भुवन केसीले आपसी सहमतीमा अनमोल यो फिल्ममा नरहने निर्णय पाँच दिन अघि नै गरिसकेका छन् ।

यो फिल्मका लागि निर्माताले अनमोललाई ४५ लाखमा अनुबन्धित गर्दै गत भदौमै १० लाख रुपैयाँ बुझाएका थिए । छोराले ब्यचलर बन्टीमा काम नगर्ने भएपछि बुबा भुवन केसीले सो रकम फिर्ता गरेका छन् ।
आपसी सहमतीमै आफुले निर्माता सुदीप खड्कालाई सो रकम फिर्ता गरेको भुवन केसीले बताएका छन् ।

अनमोल केसीले आफ्नो चरित्र मन परेन भन्दै फिल्ममा नखेल्ने बताएपछि निर्देशक चाम्सले यो फिल्म तत्काल नगर्ने बताएका छन् । अब यो फिल्म एक वर्ष यता नबन्ने पनि उनले बताए । आफु र अनमोलबीच सम्बन्ध उस्तै राम्रो रहेको र आपसी सहमतीमै दुबै जनाले यो फिल्म नगर्ने निर्णय लिएको पनि मिलनले जानकारी गराए । मिलनले यो फिल्म नगर्नुको अन्य कारणबारे जान्न हेर्नुस यो भिडियो ः