भाईरल गायिका समीक्षाको वनमा काफल पाक्यो…


ब्युटी न्युज नेपाल
काठमाडौं २८ पुष

भाइरल गायिका समिक्षा अधिकारिको दोस्रो गीत वनमा काफल पाक्यो…को भिडियो दर्शकमाझ ल्याएकी छिन् । चलचित्र नाई नभन्नु ल ५ को बालापनको उमेर…गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् ।
सो चलचित्रमा समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए । उमेर सानै भए पनि मिठो स्वर भएकि समिक्षालाई संगीतकार बसन्त सापकोटाले काठमाडौँ ल्याएर दोस्रो गीत रेकर्ड गराएका थिए ।

रिलिज भएको उक्त नयाँ गीत वनमा काफल पाक्यो…मा समिक्षाले आवाज दिएकि छिन् जसमा बसन्त सापकोटाले नै संगीत भरेका छन् । गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् ।
भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् । विदेशमा बस्ने बुवाहरुप्रति सर्मपित गीतलाई युट्युबमा अत्यधिक रुचाइएको छ।

गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।