ब्युटी न्युज नेपाल
काठमाडौं २८ पुष

गीत पिरिम नलाउनेको भिडियो करिब २ करोड दर्शकले हेरेका छन् । चर्चित संगीतकार दीपक शर्माको शब्द संगीत रहेको लोक लयमा आधारित यो गीतले २ बढी दर्शक पाएको हो । पिरिम नलाउनले युट्युबमा २ करोड दर्शकको साथ पाएसँगै यसका गायक तथा मोडल आशिष सचिन र संगीतकार शर्मा खुशीले फुरुगं बनेका छन् । यसअघि यो गीतले एक करोड दर्शक पाएसँगै राजधानीमा एक कार्यक्रमका बिच मनाइएको विशेष उत्सबमा पिरिम नलाउनेको टिमका साथै चर्चित कलाकारहरु तथा संगीत पारखीहरुले केक काटेका थिए ।

युट्युबमा मात्रै नभएर टिक टक, म्यूजिकल्ली र बाहिरि बजारमा पनि खुबै रुचाइएको यो गीतमा चर्चित नायिका वर्षा राउत र गायक आशिषको अभिनय रहेको छ । निकै रुचाइएको यो पिरिम नलाउनेको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । गीतका गायक तथा निर्माता आशिषले पिरिम नलाउने २ को पनि घोषणा गरिसकेका छन् ।