प्रदर्शन मिति सर्यो प्रेमलिलाको


ब्युटी न्युज नेपाल
काठमाडौं २८ पुष

चलचित्र ’प्रेमलीला’ले आफ्नो प्रदर्शनलाई पछी सारेको छ । माघ २५ गतेलाई आफ्नो प्रदर्शन मिती तय गरेको यो फिल्मको भिएफएक्सको काम सकिन अझै केही समय लाग्ने भएपछी फिल्म निर्माण टिमले प्रदर्शनलाई पछी सारेको हो । फिल्मकी नायिका दिपशिखा खड्काले नयाँ मिति तय भएको बताएकी छिन् । फिल्म अब फागुन १० गते देखि प्रदर्शन हुनेछ । वितरक कम्पनी र निर्माण टिम बिच १० फागुनमा फिल्म सार्वजनिक प्रदर्शनमा ल्याउने सहमती भइसकेको समेत नायिका खड्काले बताएकी छिन् ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक र दुई गीत सार्वजनिक भइसकेको छन् भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।