गंगा मिसेस हिमालयन नेपाल


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ पुस

छैटौं संस्करणको ‘मिसेस हिमालयन नेपाल –२०१९’ को उपाधी गंगा शर्माले प्राप्त गरेकी छिन् । काठमाडौंका जमल स्थीत राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम प्रतियोगितामा गंगाले सो उपाधि जितेकी हुन् । प्रतियोगितामा रेखा बलामीले फस्ट रनरअप, कबिता लामा सेकेन्ड रनरअप घोषित भए ।

अन्य उपाधि तर्फ ट्यालेन्ट बिमला पाईजा, फोटोजेनिकमा कबिता थापा डंगोल, बेस्ट स्माईल रेखा बलामी, बेस्ट पर्सानालिटी गंगा खड्का, बेस्ट स्किन भुमिसरा पाण्डे, मस्ट चार्मिङ मिजिला महर्जन, एक्टिभ कबिता लामा, बेस्ट कम्प्लेक्सन हिरा लामा, स्मार्ट चादनी गुरुङ, डिसिप्लिन गंगा शर्मा, अट्राक्टिभ पवित्र छन्त्याल, पंचुअल रुपा महर्जन, बेस्ट ड्रेस गंगा खड्का छत्री र पपुलर पवित्र छन्त्याल घोषित भए ।

प्रतियोगिताको निर्णायकमा रेडियोकर्मी कला सुब्बा, अभिनेता बिनय श्रेष्ठ, अभिनेत्री मारिस्का पोखरेललगायत थिए । कार्यक्रमलाई एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको थियो । कार्यक्रमको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन् ।