चलचित्र आरुसीको इन्ड क्लाप, नयाँ बर्षमा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ पुष

निर्देशक उदय सुब्बाको निर्देशन रहेको चलचित्र ‘आरुशी’को छायांकन सकिएको छ । ३५ दिनको छायाँकन सकेर निर्माण टिमले इन्ड क्लाप गरेको छ ।

चलचित्रमा कला राई, रमा लिम्बु , इशक राइ संगै सुनिल थापा, दमन रुपाखेति, सुरबिर पण्डित, राम चन्द्र अधिकारी, भुपेन्द्र लिङदेन, उदय सुब्बालगायतका कलाकारको अभिनय रहेको छ ।

प्रदेश नं १ का बिभिन्न रमणिय स्थानहरुमा चलचित्रको छायांकन गरि निर्माण यूनिटले छायांकन प्याकअप गरेको हो । पूर्वको चैनपुर, ताप्तेजुङ, संखुवासभाको गुफा पोखरी, झापा, धनकुटा र इलाम का मनमोहन स्थानमा चलचित्रको छायांकन गरिएको निर्देशक उदय सुब्बाले जानकारी दिए ।

त्रिकोणात्मक प्रेमकथा बोकेको चलचित्र आरुशीबाट रमा लिम्बु र इशक राइले डेब्यू गर्दैछन् भने चलचित्रमा कला राइको मुख्य भुमिका रहेको छ ।

चलचित्रका गीतमा ताराप्रकाश लिम्बु र बिकाश चौधरीको संगीत रहेको छ भने कमल राइ र दिनेश पाख्रिनको कोरियोग्राफि रहेको छ । द्धन्द निर्देशन राजु किरातिले गरेका छन् भने चलचित्रलाइ सहारा प्रधान, बिरु गुरुङ र केशब कुमार श्रेष्ठको संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र नयाँ बर्ष २०७६ को अवसरमा प्रर्दशनमा आउने छ ।