मिस लिटिल नेवाःको ट्यालेन्ट शो


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ पुष

मिस लिटिल नेवाः ११३९ का प्रतिस्पर्धि बालिका तथा किशोरीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । काठमाडौंमा आयोजित ट्यालेन्ट शोमा २३ जना प्रतिस्पर्धिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।

नेप्लीज फेसन होमले आयोजना गरिरहेको नेवार समुदायका बालिका तथा किशोरीहरुले सहभागिता जनाइरहेको मिस लिटिल नेवाः ११३९ का प्रतिस्पर्धिहरुले ट्यालेन्ट शोमा गायन, नृत्य, बाद्यवादन तथा खेल कौशल प्रस्तुत गरे ।

कार्यक्रममा लुस्वन मानन्धरले गीत गाएर आफ्नो कला प्रस्तुतगरिने भने अन्वेषा कर्माचार्य, रिया श्रेष्ठ तथा रेहा रञ्जितले बा“सुरी तथा भ्वाइलिन वादनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरे । प्रतिस्पर्धि कृषा भाषिक श्रेष्ठले चित्रकलामार्फत आफ्नो प्रतिभा प्रदर्शन गरिन् भने कृति श्रेष्ठ तथा अदिती बिरबलले उसू खेलका कौशलहरु प्रस्तुत गरे ।

यस्तै पलिस्टा नापित, बियंका खड्का ताम्रँकार, युशिका अमात्य, रेवती महर्जन, जेनिशा बज्रँचार्य, हिमानी प्रधान, दृष्टि श्रेष्ठ, श्रद्धा शाही, रेशुका श्रेष्ठ, सफलता श्रेष्ठ, सनिशा लगेजु, प्रतिक्ष्ाँ राजबाहक, उन्नती प्रधान, कृपा स्वङ्मिखाले विभिन्न नेवारी गीतमा आकर्षक नृत्य प्रदर्शन गरे ।

नेवार समुदायका बालिका तथा किशोरीहरुलाई नेवार भाषा, नेवारी कला, संस्कृति र भेषभूषासम्बन्धि ज्ञान दिने उदेश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

आगामी शनिवार काठमाडौंमा यसको फाईनल प्रतियोगिता आयोजना हुने र त्यसैबाट बिजेता चयन हुनेछन् । प्रतियोगिताको कोरियोग्रँफी प्रजिता श्रेष्ठ र सेलिना श्रेष्ठले गरिरहेकी छिन् । ट्यालेन्ट शोमा प्रदीपमान प्रधान, यमुना मानन्धर, अञ्जु श्रेष्ठ, दीपक बज्राचार्य, सुरजबिर बज्राचार्य,मटिन मानन्धर, अरुणा भट्टराई तथा अशोक श्रेष्ठ निर्णायक थिए ।