लिटिल स्टार अफ द इयरमा ६५ बालबालिका


ब्युटी न्युज नेपाल
काठमाडौं २१ पुष

बालबालिका सम्वन्धी सौन्दर्य प्रतियोगीता ‘लिटिल स्टार अफ द इयर २०१९’का ६५ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् ।

थापाथलीस्थित होटल ब्लुबडमा उनीहरु प्रशिक्षण मार्फत आफुलाई निखार्न लागेका हुन् । राजधानीमा आयोजित १२० सहभागी प्रारम्भिक चरणको अडिसनबाट यी ६५ प्रतियोगी छानिएका हुन् ।

प्रतियोगीले शिर्ष उपाधी चुम्दै आफ्नो भाग्य चम्काउने उदेश्यले नियमित प्रशिक्षणमा जुटेका हुन् । प्रारम्भिक चरणको अडिसनमा सहभागी १२० मध्यबाट अन्तिम चरणका लागि यी प्रतियोगी छानिन सफल भएका हुन् ।

प्रतियोगीलाई प्रशिक्षण मार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल,तेन्जु योन्जन, सन्तोष भुजेल लगायतले गरिरहेका छन् ।

प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायत्व, बालअधिकार, अनुसासन, पब्लििक स्पिकिङ लगायत विषयको ज्ञान लिने प्रतियोगीताको कोडिनेटर गीता पुरीले जानकारी दिइन् ।

७ देखि १४ बर्षसम्मका बालबालिकाले सहभागीता रहेको प्रतियोगीतामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरि भिन्न भिन्नै तीन समहुको बिजेता छानिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।