आयो सिन्चुरी सुरेश घमालको ‘शब्द रचना’


ब्युटी न्युज नेपाल
काठमाडौं २१ पुष
गीतकार सिन्चुरी सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ बजारमा आएको छ । नयाँ बर्षको शुभारम्भ संगै उक्त एल्बम सार्बजनिक गरिएको हो ।
 एल्बममा ११ वटा गीत समाबेश गरिएको छ । केहि चलचित्रमा समेत गीत लेखि सकेका सुरेशको सार्बजनिक गीति एल्बममा आधुनिक मेलोडियस गीतहरु समाबेश छन् । केहि बर्ष अघि सार्बजनिक र दर्शक श्रोताको मनमा बस्न सफल गायक शिब परियारको आवाजमा रहेको ‘सबैले मलाई घृणा गरे पनि’ गीत सहित एल्बममा समाबेश गीतको भिडियो पनि सार्बजनिक गरिएको छ ।

एल्बममा समाबेश गीतहरुमा संगीतकार दिपक शर्मा,निम संगीत,कुमार गुरुङ,पुरुसोत्तम न्यौपानेको संगीत रहेको छ । आधुनिक गीतहरु समाबेश एल्बमका गीतमा गायक शिब परियार, प्रमोद खरेल, स्वरुप राज आचार्य, कुमार गुरुङ, पुर्णिमा लामा, सुधा रत्न, रारा अधिकारी ढुंगेल, रेक्स गुरुङको स्वर समाबेश छ ।
आजभोली संगीत किनेर सुन्ने अवस्था नभए पनि आफ्नो शृजनाहरुलाइ लुकाई राख्न भएन, त्यसैले एकल एल्बम सार्बजनिक गरेको गीतकार सुरेशले बताए ।