गरुड पुराणमा कर्माको पौढ रुप पनि


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ पुष

चलचित्र ‘गरुड पुराण’मा नायकको रुपमा युवा भूमिका निर्वाह गरेका अभिनेता कर्मा शाक्यको पौढ भूमिका पनि यो फिल्ममा भएको निर्माण पक्षले खुलासा गरेको छ ।

शनिबार निर्माण पक्षले यो फिल्मको केही तस्बिर सार्वजनिक गर्दै फिल्ममा कर्मा दुई फरक भूमिकामा रहेको खुलाएको हो ।
यो फिल्ममा कर्माले युवा र पौढ दुबै भूमिका उत्तिकै न्यायपूर्वक निर्वाह गरेको निर्देशक सुवास कोईरालाले बताएका छन् ।

निर्देशक कोइरालाका अनुसार गरुड पुराणमा कर्मा २५ वर्षिय तन्नेरी भूमिकामा छन् । यो भूमिका अनुसार उनी प्रेमीको भूमिकामा छन् । यिनै कर्माले यो फिल्ममा ६० वर्षको भूमिका पनि निर्वाह गरेका छन् । तर यो पौढ भूमिकाको बारेमा उनले खुलासा गरेका छैनन् । निर्देशक कोईरालाले यसबारे प्रकाश पारेका हुन् । सिनेमामा यो भूमिका निर्वाह गर्न उनलाई निकै गाह्रो परेको थियो । तर दुबै भूमिकामा न्याय गरेको सुवासले बताएका छन् ।

सुवास कोईरालाले निर्देशन गरेको गरुड पुरुण हास्य प्रधान चलचित्र हो । कर्माको दोहोरो भूमिका बारे कोईरालाले भने,‘उनको युवा भूमिका मुख्य हो भने पौढ भूमिका सहायक हो । तर युवा भूमिका निर्वाह गर्न जती सजिलो थियो पौढ भूमिका त्यत्तिकै चुनौतीपूण भए पनि दुबै भूमिकालाई कर्माले सफल बनाएका छन् ।’

यो चलचित्रमा कर्मासँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियँका सिंह, कमल देवकोटासहितको अभिनय छ । ४ माघबाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन, कोसिस क्षत्रीको संगीत, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।

आकाश बराल, बिनोद खतिवडा र सुवासले लेखेको यो फिल्मको कथा कसम नेपालले तयार गरेका हुन् । फिल्ममा निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् ।