गीतकार संघको अध्यक्षमा देबकोटा, नयाँ कार्यसमित चयन


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ पुष

नेपाल गीतकार संघको शनिबार काठमाडौंमा सम्पन्न आठौं साधारण सभाले चुडामणी देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी दुई बर्षका लागि ११ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएका हुन् । जस मध्य ७ जना यस अघि नै संघका रहेका पदाधिकारी र बाँकी चार नयाँ अनुहार चयन भएका छन् ।

यस अघिका अध्यक्ष चुडामणी देबकोटा दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा शुभचन्द्र राई मुकारुङ, महासचिबमा बसन्त वित्यासी थापा, सचिबमा सुशिला पौडेल, कोषाध्यक्षमा अमृतलाल सुनार देवकोटा निर्विरोध चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यमा रमेशप्रसाद कोईराला, बसन्त थाम्सुहाङ, सुवास संगम राई, चन्दा चाम्लिङ, बालकुमार गुरुङ र जेबी घले चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष देवकोटाले गीतकारहरु धेरैकुराले पछि परेकाले पेशागत हक हितकालागि आफुहरुले यो कार्यकालमा गीतकारका लागि अझ धेरै काम गर्ने बताए ।