बखत बिष्टको नयाँ म्युजिक भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २० पुष

केहि महिना अघि बिबाह गरेर भाइरल बनेका बखत विष्ट श्रीमती प्रतिभा बाहेक अन्य युवतीसँग म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । उनले पागल प्रेमीको भूमिका निर्वाह गरेको गीत फाटेको मन…को भिडियोलाई युट्युव मार्फत रिलिज गरिएको छ । भिडियोमा सोमिया सामतको प्रेमीको रुपमा बखत प्रस्तुत भएका छन् ।

गायक सुरज मानन्धरको स्वरमा रहेको यो नयाँ गीतको भिडियोलाई सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको छ ।फाटेको मन…गीतमा निशा लामाको शब्द र चन्दन कुमार श्रेष्ठको संगीत रहेको छ ।

यो भिडियोलाई टंक केसीले छायांकन गरेका हुन् । भिडियोको निर्देशक मदन खड्का हुन् । बिकाश ज्ञवालीले सम्पादन गरेको यो भिडियोमा खबत र सोमियासँगै एकराज शिवाकोटीको पनि अभिनय छ ।