मोफसल यात्रामा चौका दाउ


ब्युटी न्युज नेपाल
हेटौंडा, १७ पुष

चलचित्र चौका दाउ यतीबेला मोफसल यात्रामा छ । २७ पुषबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने यो फिल्मको प्रचारका लागि निर्माण टोली मोफसल यात्रामा निक्लिएको हो । यसै क्रममा मँगलबार चौका दाउको युनिटले हेटौंडामा पत्रकार भेटघाट आयोजना गर्यो ।

हेटौडाका पत्रकारहरुसंग साक्षतकार गर्दै चलचित्रले कमेडी कथा उठान गरेको बताईएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा यसका कलाकार एवम् निर्देशकले सिनेमाको बारेमा प्रकाश पारे ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी नायिका वर्ष राउतले यस चलचित्रले समाजमा हास्यवंङय मार्फत सकारात्मक सुचना दिनेमा आफुले विश्वास लिएको बताईन । उनले अग्रज र लोकप्रिय कलाकारहरु संग काम गर्दा आफुलाई भाग्यमानी रहेको बताउदै चलचित्र राम्रो बनेको छ भनिन् । आफु चार जना कलाकारको दाउमा पर्ने मेजर भुमिकामा रहेको बताउदै नजानेर गरीने गल्तीले भबिष्यमा आउने अप्ठयाराको सामना गर्नुपर्ने कुरा चलचित्रमा छ भनिन् ।

यस्तै कार्यक्रममा कलाकार सन्तोष पन्तले लामो समय पछि आफुले सोचेको र आफुलाई फिटहुने चलचित्रमा काम गरेको भन्दै मुख्य जिम्बेवारी चलचित्रमा बहन गरेको बताए । उनले पहिलो पटक चलचित्रको प्रोमोशनका लागी हिडेको बताउदै यस्ता टुर कार्यक्रमले प्रतयक्ष रुपमा आफुलाई पत्रकार र दर्शकहरु संग नजिक हुने वाताबरण बन्ने बताए ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक पुर्णेन्दु झा ले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंङ्यको रुपमा चलचित्रमा देखाईएको बताए । काठमाडौं उपत्यका आसपासमा छायाँकन भएको चौका दाउमा करोड माथिको लगानि रहेको बताउदै चलचित्रले उठान गरेका बिषय बस्तु यर्थातपरक रहेको निर्देशक झाले बताए । उनले चलचित्रको गीत र टेल्लरबाट राम्रो प्रतिकृया आएको बताउदै चलचित्र हेर्दा कुनै बोर फिल नहुने बताए ।

शम्भुजीत बासकोटाको परिकल्पना, कथा, संगीत रहेको यो फिल्मलाई सौर्य प्रोडक्सन अन्तर्गत सौर्यजीत बासकोटा, मनोज राजभण्डारीले निर्माण गरेका हुन् । जसमा वर्षा राउत, सन्तोष पन्त, विल्सन बिक्रम राई, रविन्द्र झा, तैयब शाह, निर्मल शर्मा, अजश्र ढुँगाना, रमेश अधिकारीसहितको अभिनय छ ।

चौका दाउको टोलीले बुधबार नारायणघाट र बुटबलमा पत्रकार भेटघाट गर्नेछ । यस्तै बिहिबार पोखरामा सञ्चारकर्मीसँग भेटघाट गरेर शुक्रबार पूर्वतर्फ जाने कार्यक्रम रहेको निर्देशक झाले जानकारी गराए ।