ब्युटी न्युज नेपाल
काठमाडौं, १४ पुष

गायक प्रल्हाद तिमिल्सिनाले आफ्नो दोस्रो एकल एल्बम ‘महक–२’ को गीत हिउँसरी…को भिडियो दर्शकमाझ ल्याएका छन् । गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको च्यालनबाट सार्वजनिक गरिएको छ ।

आधुनिक शैलीको उक्त गीतलाई संगीतकार सुरेश अधिकारीले संगीत गरेका हुन् । यो गीतमा शब्दहरु अभिनेता जीवन लुईटेलको छ ।

हरि हुमागाईंद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री सुमी मोक्तानले अभिनय गरेका छन् । उत्तम हुमागाईंद्वारा छायांकन गरिएको यो म्युजिक भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।