ब्युटी न्युज नेपाल
काठमाडौं, १३ पुष

नेपाल आईटल सकिएपछि उद्घोषणबाट केही फुर्सद पाएकी अभिनेत्री रिमा बिश्वकर्माले नयाँ भिडियोमा मोडलिङ गरेकी छिन् । उनी अभिनित तिम्रो त्यो…’गीतको भिडियो युट्युबबाट रिलिज गरिएको छ ।

यो गीतमा हाइ कुमार राइको शब्द, निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर रहेको छ । यो गीतको भिडियोमा उनलाई प्रेम बियोगमा देख्न पाईन्छ ।

रिमालाई भिडीयोमा मोडल जिबन भट्टराई र जोर्डनराज भण्डारीले साथ दिएका छन् । प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ ।

भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् । जसमा सुशील न्यौपानेको सम्पादन, बिमला तामाङको मेकअप र उत्सब दाहालको छायाकन छ ।