ठेलामा मम बेच्ने गायकको साला काठमाडौं… गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ पुष

कपिल पौडेलको परिचय यस अघि ठेलामा मम बेच्नेको रुपमा थियो । यही पेशामा लाग्दै लाग्दै उनी गायक बनेका छन् । पौडेलको पहिलो गीत साला काठमाडौँ…को भिडियो युट्युवबाट रिलिज भएको छ ।

मम बेच्ने क्रममा उनको गायकी क्षमताको युट्युवमा चर्चा भए पछि उनी एकाएक चर्चित भएका हुन् । गायक बन्ने सपना बोकेर काठमाडौँ आएका कपिल लामो समय देखि बानेश्वर चौकमामा ठेलामा मःम बेच्दै आएका थिए । उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेका छन् । निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगित छ ।

काठमाडौँमा सपना बोकेर आउने युवा र उनले काठमाडौँमा पाउने असफलता र दःुख बोल्ने गीतमा कलाकार शिशिर भण्डारीको अभिनय रहेको छ । काठमाडौँमा पाएको असफलतामा निरासा व्यक्त गर्न ‘साला काठमाण्डौँमा’ भन्ने शब्द राखिएको कपिलले बताए ।

सन्तोष खनाल ‘फिल्मीकिरो’ले निर्देशन गरेको यो गीतको भिडियोमा वाइ पि घिमिरेको छायाँकन, सन्जिप श्रेष्ठको सम्पादन, छ ।