ब्युटी न्युज नेपाल
काठमाडौं १२ पुष

आगामी १ चैत्रबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘जानी नजानी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । यो चलचित्रको ‘एउटीलाई मुटुमा घर…’ गीतको भिडियो राजधानीमा एक समारोहबीच बिहिबार रिलिज गरिएको हो ।

अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतलाई स्वर अर्जुन र दुर्गा खरेलले गाएका हुन् ।

मनिष श्रेष्ठ र सुमी मोक्तानले कोरससँग नृत्य गरेको यो गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । गीतमा मनिष र सुमीसँगै डेब्यु गर्ल निरिशा बस्नेतलाई पनि देख्न सकिन्छ ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । यस अघि डा. खाते चलचित्र निर्माण गरेकी निर्माता एवम् अभिनेत्री रोशनी केसीको यसपटक मनोरञ्जनप्रधान व्यबसायिक सिनेमा निर्माण गरेको बताईन् । फिल्मलाई राम्रो बनाउने हर प्रयास गरेका र निर्माणमा सम्झौता कहिँ कतै नगरेको पनि उनले प्रस्ट्याईन् ।

जानी नजानीलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । आफुले कामको हिसाबले मेहनत गरेको उनको कथन थियो ।

आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा छायाँकन संजय लामाको र संगीत अर्जुन पोखरेलको छ ।

फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको अभिनय रहेको छ ।

फिल्ममा कविराज गहतराज, प्रविण सिंह र शिशिर खातीको कोरियोग्राफी छ । फिल्मलाई अर्जुन जिसीले सम्पादन, बसन्त घर्तीमगरले भीएफएक्स गरेका छन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ ।