ब्युटी न्युज नेपाल
काठमाडौं ११ पुष

शुक्रबारमात्र दोश्रो नेपाल आइडलको उपाधि जितेका गायक रवी ओडलाई मातृशोक परेको छ ।

रविकी ४५ वर्षीया आमा विष्णा ओडको करेन्ट लागेर कञ्चनपुरको कृष्णापुरमा बुधबार बिहान निधन भयो ।

बिहान ७ बजे पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर ढलेकी उनलाई सेती अस्पताल अस्पताल पुर्याउँदा डक्टरले मृतक घोषणा गरेको थियो ।

पहिलो आमा बाल्यकालमा गुमाएको रबीको विष्णा सौतेनी आमा हुन् ।