रश्मिलाज फेसियल हाउसको ११ औं बार्षिक उत्बस, विभिन्न ब्यक्ति सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौ, ११ पुष

सौन्दर्य क्षेत्रमा काठमाडौंमा आफ्नो छुट्टै पहिचान बनाएको ब्युटी सलुन ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ले विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्दै आफ्नो ११ औं बार्षिकोत्सब काठमाडौंमा एक समारोहबीच मनाएको छ । केक काट्दै बार्षिक उत्बस मनाईएको हो ।

सो कार्यक्रममा रश्मिलाज फेसियल हाउसकाट तर्फबाट फरक विधाका तीन व्यक्तिलाई ‘बिशेष योगदान सम्मान’बाट सम्मानित गरिएको छ । नेपाली सौन्दर्य क्षेत्रमा चार दशकदेखि क्रियाशिल बरिष्ट सौन्दर्यबिद् डा. राजश्री राज्यलक्ष्मी श्रेष्ठलाई सौन्दर्यकला तर्फबाट विशेष सम्मान गरियो । यस्तै निर्माता निर्देशक एवम् अभिनेत्री दिपाश्री निरौलालाई चलचित्र क्षेत्रबाट र पत्रकार सुशील अर्याललाई सञ्चार क्षेत्रबाट उनीहरुको योगदानको कदर स्वरुप विशेष सम्मान गरियो । पूर्व अर्थमन्त्री एवम् गीतकार एपपी (शँकरप्रसाद) कोईरालाले सो सम्मान प्रदान गरे ।

यस्तै लायन्स बालकृष्ण बुर्लाकोटी, नुवाकोटाकी प्रदेश सांसद कल्पना नेपाली, चलचित्र निर्माता, कलाकार एवम् ब्यबसायी मधु कुमार श्रेष्ठ र बरिष्ट समाजसेवी सुभाष गुरुङलाई समेत सम्मान गरियो ।
कार्यक्रममा सहयोगी ब्युटिसियन, सञ्चारकर्मी, शुभेच्छुकहरुलाई कदरपत्र प्रदान गरियो । रश्मिलाज फेसियल हाउसका उत्कृष्ट कर्मचारीलाई उनीहरुको कामको मुल्याँकन गर्दै पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री एसपी कोईरालाले एउटा महिला भएर रश्मिलाले यती धेरैलाई रोजगारी दिँदै उदाहरणीय काम गरेको बताए । रश्मिलाज फेसियल हाउसको सेवा गुणस्तरीय भएको बताउँदै यो फेसियल हाउसको अझ सफलताको उनले शुभ कामना ब्यक्त गरे ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठले सबैलाई स्वागत गर्दै ११ वर्षअघि काठमाडौं मलबाट सुरु गरेको आफ्नो कम्पनी अहिले ४० जनालाई प्रत्यक्ष रोजगार दिन सफल भएको बताए । यसले गुणस्तरीय व्युटी सेवा दिनसकेकोमा हजारौंको मन जितेका छौं भने ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकी अध्यक्ष रश्मिला श्रेष्ठले सबैलाई धन्यबाद ज्ञापन गर्दै यो ११ वर्षमा काठमाडौँ मलहुँदै बिजी मल, सिभिल मलमा समेत आफ्नो शाखा बिस्तार गरेर सेवा दिँदै आएको बताईन् । नेपालसँगै आफ्नो सेवालाई विस्तार गरेर अब अस्ट्रेलिया र अमेरिकामा पनि चाँडै आउटलेटको रुपमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको शाखा खोल्ने उनले बताईन् । हेयर एन्ड ब्युटी केयरसँगै उच्च स्तरीय प्रशिक्षण पनि आफुहरुले दिँदै आएको उनले जानकारी गराईन् ।

सो बार्षिक उत्बस समारोहमा विभिन्न कलाकारले आफ्ना चर्चित गीत प्रस्तुत गरेर कार्यक्रममा सहभागीलाई नचाए । गायक बिनोद पर्छाई, गायिका बिष्णुमाया पोखरेल, सहिमा श्रेष्ठलगायतले आफ्ना चर्चित गीत सुनाएर कार्यक्रममा सहभागीलाई नचाएका हुन् ।

प्रस्तुति ः सरिता भारती
तस्बिर ः प्रदीप कंडेल