रिलिज नहुँदै जयश्री दामको १५ मिनेट भिडियो आयो


ब्युटी न्युज नेपाल
काठमाडौं, १० पुष

सिनेमा हलमा प्रदर्शन हुनु अघि नै नेपाली चलचित्र ‘जयश्री दाम’को सुरुको १५ मिनटको भिडियो युट्युब मार्फत रिलिज गरिएको छ ।

२० पुषबाट रिलिज हुने यो फिल्मको प्रचार प्रसारको लागि सुरुको १५ मिनटको दृष्य रिलिज गरिएको यसका निर्देशक विप्लप उप्रेतीले बताए । उनी यही फिल्मबाट निर्देशनमा आउँदैछन् ।

काठमाडौंमा पत्रकारलाई फिल्मको सुरुको १५ मिनट देखाएर त्यसलाई आफुहरुले युट्युबबाट रिलिज गरेको पनि उनले बताए ।

https://www.youtube.com/watch?v=WjQisM_wlz4

‘दर्शकले हाम्रो फिल्मको १५ मिनेट मन परेमा हलमा आउनु हुनेछ । मन नपरेमा आउनु हुन्न ।’ फिल्म प्रति आत्मविश्वास भएकाले यसको १५ मिनटको रिलिज गरेको यी निर्देशकले बताए ।

यो चलचित्रमा अमृत ढुंगाना, जेबिका कार्की, प्रमोद अग्रहरी, रञ्जन खतिवडा र विनोद न्यौपानेको अभिनय रहेको छ ।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको जय श्री दाममा मित्र डी गुरुङको सम्पादन, रविन आचार्य छायांकन निर्देशन, नवराज उप्रेतीको छायांकन, सुशान्त गौतमको संगीत छ ।
फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सहनिर्मातामा मित्र डी गुरुङ र रविन आचार्य छन् ।