ब्युटी न्युज नेपाल
काठमाडौं ८ पुष

क्रिसमसको अबसर पारेर इभेन्ट बेटर ग्यालेक्सीले ‘क्रिसमस फेशन पार्टी’ आयोजना गर्ने भएको छ । यो पार्टी क्रिसमस ईभको दिन ९ पुष सोमबार साँझ ६ बजेबाट ललितपुरको कुपन्डोल हाईट स्थित होटल समिटमा सुरु हुने आयोजक धिरज तण्डुकारले जानकारी गराएका छन् ।

पार्टीमा विभिन्न मोडलहरुले फेशन शो प्रस्तुत गर्नेछन् । त्यसपछि गायक आनन्द कार्कीले आफ्ना चर्चित गीतहरु सुनाउने छन् । सोही कार्यक्रममा अकर्षक बेली डान्स पनि हुनेछ । केही क्यारिकेचर पनि कार्यक्रमको आकर्षक पाटो हुने छ ।

रिमा दाहाल र रोजिन शाक्यले सञ्चालन गर्ने सो कार्यक्रममा फेशन सो, म्युजिक र बेली डान्सपछि आफ्टर डिजे पार्टी चल्ने छ । पार्टी बेलुकी १० बजेसम्म जारी रहने पनि धिरजले जानकारी गराए । कक्टेल डिनर सहितको सो पार्टीको टिकट प्रतिव्यक्ति २५ सय रुपैयाँ राखिएको छ । टिकट प्राप्त नभएकाहरुलाई कार्यक्रम स्थलमै टिकटको व्यबस्था रहेको पनि आयोजक धिरज तण्डुकारले जानकारी गराएका छन् ।