मुहुर्तसँगै चितवनबाट कोपिलाको निर्माण सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं ९ पुष

पञ्चायतको सफलता पश्चात निर्देशक लेखक शिबम अधिकारी अर्को चलचित्र ‘कोपिला’को निर्देशन जुटेको छन् । यो फिल्मको चितवनबाट छायाँकन सुरु भएको छ ।

यो चलचित्रको आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा मुहुर्त गरियो । चलचित्रमा सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रक्रिती खरेल, राखी क्षत्री लगायतको अभिनय रहने छ ।

चलचित्रमा रमेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहने छ । गणेश गिरिको प्रस्तुती रहेको चलचित्र कोपिला लाई चितवनका युवा व्यवसायी करुणकर घिमिरे र चलचित्र पत्रकार मणिराज गौतमले निर्माण गर्नेछन ।

सुबासराज काफ्ले कार्यकारी निर्माता रहेको यस चलचित्रमा समिर मिया, रमेश्वर र मेनुका ढुंगाना सह निर्माताको रुपमा रहेका छन । निर्देशक तथा लेखक शिवम अधिकारीले कोपिला हाम्रै गाउँ समाजमा घट्ने घट्नामा आधारित चलचित्र रहेको बताएका छन् ।

चलचित्रका प्रस्तुतकर्ता गणेश गिरीका अनुसार यस अघी निर्माण गरेको पञ्चायत जस्तै कोपिला पनि सामाजिक कथा बस्तुमा आधिरित रहेको छ । चितवन आसपासमा छाँयाकन गरिने चलचित्र कोपिला करिब ८० लाख लगानी निर्माण हुने प्रस्तुतकर्ता गणेश गिरीले बताए ।