आयो मनिषाको क्यान्सर पीडाबारेका पुस्तक ‘हिल्ड’


ब्युटी न्युज नेपाल
काठमाडौं ८ पुष

चर्चित अभिनेत्री मनिषा कोईरालाले आफ्नो क्यान्सर पीडालाई पुस्तकमा उतारेकी छिन् । ६ वर्ष अघि क्यान्स भएपछि लामो समय त्यसको पीडा भएकी अभिनेत्री मनिषा कोईरालाले त्यो पीडालाई पुस्तक ‘हिल्ड’ मा समेटेर पाठकमाझ ल्याएकी हुन् ।

सन २०१२ डिसेम्बरमा उनलाई पाठेघरको क्यान्सर देखिएको थियो । काठमाडौंमा उपचारको क्रममा उनलाई पाठेघरको क्यान्सर देखिएपछि मुम्बई हुँदै अमेरिका लगेर उपचार गरिएको थियो । करिब एक वर्षको निरन्तर उपाचार र दुई वर्षको आरामपछि उनी फिल्मी अभिनयमा फर्किएकी थिईन् । आफुले त्यत्तिबेला भोगेको क्यान्सर पीडामा आधारित रहेर आफुले लेखेको पुस्तक ‘हिल्ड’ मनिषाले पाठकमाझ ल्याएकी हुन् ।

उनी यतीबेला पोखरामा छिन् । पोखरामा शनिबारबाट सुरु भएको सातौं संस्करणको नेपाल लिट्रेचर फेस्टिभलमा मनिषाको यो पुस्तकको अँग्रेजी संस्करण सार्वजनिक गरिएको हो । यो पुस्तकलाई नेपालबाट अन्तराष्ट्रिय रुपमा रिलिज गरिएको हो ।

अभिनेत्री मनिषाको पुस्तक ‘हिल्ड’को मनिषाकी आमा सुष्मा कोइराला, अभिनेता राजेश हमाल, फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी र पेन्गुइनका प्रतिनिधि अल्केशले सँयुक्त बिमोचन गरेका छन् । अब आफु क्यान्सर मुक्त भएको पनि मनिषाले बताएकी छिन् ।

पेनगुइनले प्रकासनमा ल्याएको सो पुस्तक फाइन प्रिन्टले नेपाली अनुवादमा ल्याउँने छ । अभिनेत्री कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूतिलाई समेटेर यो पुस्तक तयार गरेको बताएकी छिन् । क्यान्सर भएर ठिक हुने क्रममा यो पुस्तक लेख्न निकै गाह्रो परेका र पेन्गुईनका साथीहरुको पटक पटकको प्रेरणाले पनि आफुले यो पुस्तक लेखेको उनले बताएकी छिन् ।

पुस्तक बिमोचन कार्यक्रममा अभिनेता राजेश हमालसँग अन्तरक्रिया गर्दै मनिषाले आफूलाई क्यान्सर लागेपछिको अवस्था, पुस्तक लेखन लगायत विषयमा सुनाइन् । उनले उपचारक्रममा आफूलाई मानसिक एवम् शारीरिक रुपमा कसरी बलियो राखें भन्ने कुराको यसरी जानकारी गराएकी छिन् । पुस्तकले क्यान्सर पीडितहरुलाई रोगसँग जुध्न शक्ति प्रदान गर्ने विश्वास उनले व्यक्त गरेकी छिन् ।