आयो रणबीरको २२ लाखको सेटमा बनेको तिरिमिरी तिरिमिरी तिन तारा…


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ पुष

चलचित्र रणवीरको पहिलो तिरिमिरी तिरिमिरी तीन तारा…गीत सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै गीत तिरिमिरी तिरिमिरी तिन तारा…को भिडियो रिलिज गरिएको हो ।

यो गीतमा राजनराज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ । यसको शब्द र संगीत राजनराजले नै सृजना गरेका हुन् । यो गीतलाई रामजी लामिछानले कोरियोग्राफी गरेका हुन् । गीतलाई बाबु श्रेष्ठले खिचेको हुन् ।

यो गीतको केहि दिन अगाडी नक्सालको बालमन्दिरमा भव्य सेट लगाएर छायाँकन गरिएको थियो । गीतमा फिल्मका तिन मुख्य कलाकार सुशील सिटौला र डेब्यु नायिकाद्धय शुभेच्छा खड्का र सुपुष्पा भट्टले १५० भन्दा बढी कोरससँग नृत्य गरेका छन् । निर्माण पक्षको अनुसार यस गीतको छायाँकन झन्डै ५ दिन गरिएको थियो । यो फिल्मको सेटमा २२ लाख खर्च भएको थियो ।

यसका संगीतकार राजनराज शिवाकोटी आफुले सोचेको भन्दा गीतको भिडियो धेरै राम्रो बनेको र भिडियोमा कुनै सम्झौता नगरिएको बताए,‘यसमा पनि मैले मेरो अघिल्ला गीत झैँ मौलिक शब्दलाई प्रयोग गरेर तयार गरेको छु । मैले जसरी अडियो विश्वास गरेर दिएँ, भिडियो त्यहि अनुरुप नै तयार गर्नु भएको छ ।’ शिवाकोटीले भने ।

प्रेम कथामा आधारित यो चलचित्रमा सुशील, सुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेललगायतका कलाकारको अभिनये छ । गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको यो फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

यसका अभिनेता सुशिल सिटौलाले भने,‘गीतमा नृत्य गर्दा निकै रमाइलो भयो । लोक शैलीको गीतमा हामी सबैले नृत्य गर्दा रमाइलो गर्यांै ।’ गीतमा आफुले राम्रो नाच्ने कोसिस गरेको उनले बताएका छन्,‘त्यति राम्रो डान्सर त होइन म , तर कोरियोग्रफारले दिनु भएको टास्कलाई पुरा गर्ने कोसिस गरेको छु । आज रिलिज भएको यो गीतबाट म गीतला लिएर निकै उत्सकुता छ ।’

अभिनेत्री शुभेच्छा खड्काले पनि गीतमा आफुहरुले सक्दो मेहनत गरेको र गीतसँगै भिडियो पनि निकै राम्रो बनेको बताईन् । आफ्नो यो पहिलो चलचित्र भएको र दर्शकको मन फिल्मले जित्ने विश्वास लिएको पनि उनले जिकिर गरिन् ।

अभिनेत्री सुपुष्पा भट्टले पनि आफ्नो डेब्यु फिल्म भएकोले गीत आउँदा साह्रै रमाईलो लागेको बताईन् । सुशील र शुभेच्छा र आफुले निकै मेहनत गरेको पनि उनले प्रकाश पारिन् । कलाकार टीका पहारी र नरेश पौड्यालले पनि गीत रिलिज समारोहमा बोल्दै रणबीर निकै मेहनत गरेर राम्रो फिल्म बनाईएको छ भने ।